Wednesday, August 4, 2010

गजल

गजल



तिमीसंग बिताएका रातहरुको कसम
तनैभरी कुदाएका हातहरुको कसम ।


तिमलाई छोडी अन्तमायाँ लाएको छैन
बनपाखा सुसेलेका पातहरुको कसम ।


सधैतिम्रो संझनामा हराउन मन लाग्छ
पिरतीका लोभलाग्दा बातहरुको कसम ।


समयको नियतीले छुट्टिएको जस्तो भयो
विछोडमा दुख भुल्ने मातहरुको कसम ।


अटुट मायाँ मुटुभरी संगालेर परदेशमा
लेखिएका प्रेमपत्रका खातहरुको कसम ।


मनोज काफ्ले 'मनसुन' सचिव अनेसास कुवैत

Sunday, March 28, 2010

न त चिन्न सकें

न त चिन्न सकें न त जान्न सकें
न त म तिमीलाई साथी मान्न सकेँ

बाटोमा भेटेंथें बाटोमै हराएछौ तिमी
यी नज़रले तिम्रा नज़र म हान्न सकेँ

हावाको वेग झैँ पलमै बिलायौ तिमी
न यी हातले तिमी म मा तान्न सकें

धोकेवाज को जमघटमा थियौ तिमी
चाहरें खोजें नत म तिमी छान्न सकें

पिंडा वेदनाको भार अझ बढ्यो म मा
बग्दा आँशुका धारा कहाँ म धान्न सकें

मनसुन